९ किलो सुनसहित क्यानडेली नागरिक काठमाडौंबाट पक्राउ

माघ १९, काठमाडौं । ९ किलो सुनसहित क्यानडेली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

उनी दुबईबाट नेपाल आएका एक नागरिक थिए । गएराति १२ बजे आएको जहाजमा उनी ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईमार्फत नेपाल आएका थिए । ३५ वर्षका मोहमद कमल महगौबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी पहिलोपल्ट नेपाल आएको पाइएको र अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।
उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.