१२ वटा निर्माण कम्पनी कालोसूचीमा

माघ १५, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्नेहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर, जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं र जगतबहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवा डडेल्धुरा रहेका छन् ।

त्यस्तै रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधव घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट्रक्सन चितवन, पुष्करप्रसाद गौतम नेतृत्वको अन्जना निर्माण सेवा चितवन, रानीकुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिवहरी पुडासैनी नेतृत्वको बी मेनेजमेन्ट पोखरालाई पनि कालोसूचीमा राखिएको छ ।

समयमै काम पूरा नगरेका तथा आपूर्ति नगरेका यि कम्पनीहरुलाई ३ वर्षसम्म सार्वजनिक निकायका कुनै पनि खरिद तथा निर्माणमा भाग लिन बन्देज लगाएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.