माघ १२, काठमाडौँ । काठमाडौँको पूर्वोत्तर भेग कागेश्वरी मनोहरा नगरपालिका– १ मा कागेश्वरी पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
फागुन ७ गते कागेश्वरी धाम परिसरमा ९औँ कागेश्वरी महोत्सब आयोजना हुने भएको हो। हरेक वर्ष पर्यटन महोत्सव मनाउँदै स्थानीय उत्पादनलाई प्रर्वद्धन एवम् कलासंस्कृतिको संरक्षणमा तथा प्रचार प्रसारमा विशेष जोड दिदै आएको छ । महोत्सवलाई थप व्यवस्थित बनाउन कागेश्वरी मन्दिर ब्यबस्थापन तथा पर्यटन बिकास समिती र वडा नं. १ का स्थानीय लागि परेका छन् ।
पौराणिक, ऐतिहासिक तथा धार्मिक महत्वको स्थल कागेश्वरीधामको विकास तथा प्रचार प्रसार गर्ने उदेश्यले महोत्सब आयोजना आरम्भ गरिएको संविधान सभा सदस्य एवम् बागमति प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले बताउनु भएको छ । ८० प्रतिशत तामाङ समुदाय बसोबास गर्ने उक्त क्षेत्रको प्रर्वद्धन एवम् आर्थिक वृद्धिदर बढाउन महोत्सवले सहयोग पुग्ने पूर्वमन्त्री फुयाँलको भनाई छ ।
आफ्नो निर्वाचन क्षेत्र समेत रहेकोले त्यस क्षेत्रको विकास, निर्माण, मौलिक कला संस्कृतिको प्रर्वद्धन, सामाजिक सचेतना तथा आर्थिक रुपमा सम्पन्न बनाउन सडक ढलनदेखि विश्वकै ठूलो कागको मूर्ति निर्माण गरी थप आकर्षणको केन्द्र बनाएको छ । कागेश्वरीधाम परिसरमा अहिले विभिन्न होमस्टे, होटल तथा क्याफेहरु सञ्चालनमा आएको छ । फुयाँलकै अभियानमा कागेश्वरी मनोहरा नगरपालिका वडा १ का अध्यक्ष मकुन्द गजुरेल सहितको टोलीले घरदैलो अभियान गर्दै कवाड संकलन गरी गागलको लोकतान्त्रिक सहीद उद्यानमा राखिएको कागको मूर्तिले आन्तरिक तथा बाह्या पर्यटक आउने संख्या बढेको स्थानीयहरु बताउँछन् ।
कागेश्वरी पर्यटन महोत्सवले स्थानीय कृषि पर्यटन, स्थानीय कला, सांस्कृति, होटल, होमस्टे, स्थानीय उत्पादन लगायत क्षेत्रको प्रर्वद्धन र प्रर्दशन गरी सोही क्षेत्रलाई पर्यटकीय उद्गमस्थलको रुपमा चिनाउने अभियान रहेको कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्ष मकुन्द गजुरेलले बताए । पर्यटन क्षेत्रको रुपमा विकास गर्न आवश्यक पूर्वधारहरु समेत बनिरहेको र सम्भावित अवसरलाई थप मजबुत बनाउन विगत ८ वर्ष अघिदेखि महोत्सवको आयोजना गर्दै आईरहेको बताए ।
कागेश्वरी मन्दिर व्यवस्थापन तथा पर्यटन बिकास समितीका अध्यक्ष मणिराम अर्यालको अध्यक्षतामा बसेको बैठकले महोत्सवलाई सफल बनाउन सबै संघ संस्था, राजनीतिक दल तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ । महोत्सवमा साँस्कृतिक झाँकीहरु प्रर्दशन हुने र स्थानीय खाद्य स्टलहरु, भाडा वर्तनका स्टलहरु, स्थानीय उत्पादित वस्तुहरुको प्रर्दशन तथा विक्री वितारण समेत गरिने आयोजकले बताएको छ ।

