बिमस्टेक सम्मेलनमा सहभागी हुन सबै ‘भीभीआईपी’ काठमाडौंमा

भदौं १४, काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका सबै कार्यकारी प्रमुखहरु (भीभीआइपी) काठमाडौं आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आजै बिहान काठमाडौं आइपुगेका हुन । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

नेपाली सेनाको एउटा टुकडीले उनीहरुको सम्मानमा सम्मान गारथसमेत अर्पण गरेको थियो । यसअघि हिजो श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानका प्रधानन्यायाधीश एवं अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक आइसकेका छन् । म्यानमारका राष्ट्रपति विन मिन्ट भने मंगलबार नै काठमाडौं आइसकेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.