नेता जनताका दुःखसुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

माघ ९, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरू जनताको दुखसुखको साथी बन्नुपर्ने बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मुस्लिम इत्तेहाद संगठन नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले मुस्लिम इत्तेहाद संगठनको सक्रियताले नेपालमा रहेका मुस्लिम समुदायका समस्या समाधान गर्नलाई समेत सहयोग हुने बताए । वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका साथमा पुग्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष नेपालले नेपालमा रहेका मुस्लिम समुदायका वस्ती बस्तीमा पुगेर समुदायका आवश्यकताहरू पहिचान गरि समाधानका लागि पार्टीमा सुझाव पेश गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा विभाग प्रमुख विजय पौडेलले संगठन विस्तार गर्नु सक्रियता देखाउनपर्ने बताए । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठनहरूले पार्टी केन्द्रिय कार्यालयमा आफ्नो सुझाव पेश गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचार प्रसारमा सहयोग पुग्ने बताए ।

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले सचिवालयको बैठक आगामी फागुन १५ गतेभित्र सम्पन्न गर्ने, प्रदेश कमिटीको बैठक यही माघ मसान्तभित्र सम्पन्न गर्ने, जिल्ला भेलाहरू आगामी चैत्र मसान्तभित्र सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण कार्य फागुनदेखि सुरु गर्ने, विधान मसौदा तत्काल छपाइ गर्ने, सदस्यता पत्र छपाइ कार्य अघि बढाउने साथै जिम्मेवार हेरफेर गर्दै मोहम्मद अव्दुललाई लुम्बिनी प्रदेशको इन्चार्ज साथै अनारकली मियाँलाई कर्णाली प्रदेशको इन्चार्ज तोकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.