सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

माघ ६, काठमाडौँ। नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए। प्रतिनिधिसभामा उपस्थित दुई सय ६८ सांसद मध्ये घिमिरेले एक सय ६७ मत प्राप्त गरेका थिए। उनको विपक्षमा एक सय मत परेको थियो। घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेका छन्। घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए। उनले आजै पदभार सम्हाल्ने कार्यक्रम छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.