माघ ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अब सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको छ ।
माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुंगो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
शर्माले सञ्चार तथा सूचना प्रविधि, किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिने उनले जानकारी दिए । श्रीपालीलाई पर्यटन राज्यमन्त्री बनाइनेछ । रासस

