गोदावरीमा स्काउट तालिम शुरु

माघ ३, ललितपुर । ललितपुरको गोदावरी स्थित सेन्ट जेभियर्स स्कूलमा पहिलो पटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । यो ५१ औं उड्व्याज र ४४ औं एडभान्स स्काउट तालिम हो ।

तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्यको टिम सहित तालिम दिइरहेका छन् । एकहप्तासम्म सञ्चालन हुने तालिममा वागमती प्रदेशका जिल्लाहरुका योग्यता पुगेका स्काउटहरुको सहभागिता रहेको गोदावरी नगर स्काउटले जनाएको छ । स्काउटरहरुको वृत्ति विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको तालिमका कोर्ष लिडर सत्य नारायण शाहीले जानकारी दिए ।

सोमबारबाट तालिम शुरु भएपनि औपचारिक उद्घाटन भोली (मंगलबार) गोदावरी नगरपालिकाका नगर प्रमुख तथा गोदावरी नगरपालिकाको स्काउट संरक्षक गजेन्द्र महर्जनले गर्ने गोदावरी नगर स्काउटका संयोजक दिपक अर्यालले बताए । उनका अनुसार तालिमको समापन माघ ८ गते नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले गर्ने तयारी रहेको छ ।

ललितपुरमा हालसम्म पनि एडभान्स तथा उडव्याज तालिम हुन नसकेको अवस्थामा गोदावरी नगर स्काउटको आयोजन तथा बागमती प्रदेशको संयोजनमा पहिलो पटक हुनाले ललितपुर स्काउटको गौरव भएको तालिम कोर्ष डाइरेक्टर देवराज घिमिरेले बताए । तालिममा ३२ पुरुष र २० जना महिला स्काउटरको सहभागिता रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.