गर्भावस्थामा के खाने, कति खाने?

अधिकांश महिलालाई गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा थाहा हुँदैन। बेलायतको नेशनल च्यारिटी पार्टनरसिपले गरेको सर्वेक्षणको नतिजाले पनियस्तै देखाएको छ। यो प्रश्नको सहि उत्तर एक तिहाइ महिलाहरुलाई मात्र थाहा भएको सर्वेक्षणमा देखिएको हो।

बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी नाइस ‘एनआईसीइ’ को सल्लाह अनुसार महिलालाई गर्भावस्थाको पहिलो ६ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन। तर गर्भावस्थाको अन्तिम तीन महिनामा, महिलाहरूले हरेक दिन २०० अतिरिक्त क्यालोरी लिनुपर्छ। जैतुनको तेलमा पकाएको दुई रोटीमा धेरै क्यालोरीहरू पाइन्छ।

गर्भमा रहेको बच्चाको लागि
राष्ट्रिय परोपकारी साझेदारीले गर्भवती महिलाहरूलाई उनीहरूको खानेकुरा र पेय पदार्थको जानकारी नपुगीरहेको बताएको छ। सर्वेक्षणमा भाग लिने २१०० महिलामध्ये एक तिहाइले गर्भावस्थामा हरेक दिन ३०० क्यालोरी वा सोभन्दा बढी उपभोग गर्नुपर्छ भन्ने बताएका थिए।
सामान्यतया महिलाले गर्भावस्थामा दुई व्यक्तिको लागि पुग्ने खाना खानुपर्छ। एउटा आफ्नो लागि र अर्को गर्भमा रहेको बच्चाको लागि। राष्ट्रिय परोपकारी साझेदारीले यो मिथकलाई हटाउन रोयल कलेज अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्ट (आरसीओजी) सँग काम गरिरहेको छ।

कति खानुपर्छ?
त्यसैले प्रश्न उठ्छ कि गर्भावस्थामा महिलाले कति खाने त? गर्भवती महिलाहरूलाई सामान्यतया हरेक दिन २ हजार क्यालोरी चाहिन्छ। यसमा खाना र पेय दुवै समावेश छ।
फलफूल र तरकारी, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटिन (दाल, माछा, अण्डा र मासु, दूध, दही जस्ता दुग्धजन्य पदार्थ) र चिल्लो पदार्थ सन्तुलित हुनुपर्ने चिकित्सकहरू बताउँछन्।

रोयल कलेज अफ ओब्स्टेट्रिशियन्स एण्ड गाइनोकोलोजिस्टका प्रोफेसर जेनिस राइमर भन्छन् की गर्भावस्थामा धेरै खाँदा महिलालाई हानि पुग्न सक्छ।
उनी भन्छन्, ‘गर्भावस्थामा महिलाहरू यति मोटा हुन्छन् कि गर्भपतनको जोखिम बढ्न सक्छ। उनीहरूलाई उच्च रक्तचाप र मधुमेहको खतरा हुन सक्छ। समयअघि नै बच्चाको जन्म हुन सक्छ। सिजेरियन डेलिवरी गर्नुपर्ने हुन सक्छ।’ (बीबीसीबाट)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.