प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

माघ २, काठमाडौं। मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

अहिले ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता जारी छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद विस्तार, सभामुख,उपसभामुखको निर्वाचनलगायतका विषयमा छलफल भइरहेको छ। संसद सचिवालयले सभामुख र उपसभामुखको निर्वाचन बिहीबार गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति र सभामुख एमालेले लिने गरी सहमति भएको छ।

यसअघि नै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता लिने बताएपनि दलहरुबीच भागवण्डा नमिल्ना मन्त्रिपरिषदले पूर्णता पाएको छैन। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते सपथ ग्रहण गरकै दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। पुस २६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका प्रचण्ड र ओलीबीच दैनिक भेटवार्ता भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.