पुस २९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले अब पुरानै विचारले पार्टी नचल्ने बताए । ‘ उही विचार रहेसम्म पार्टी बन्दैन । यो नयाँ सुरुवात हो । आन्दोलनलाई ब्यापक बनाउनुपर्छ । अब पुरानो रबैयाले चल्दैन । पुरानो कुराको समीक्षा गरेर अगाडि बढ्नुपर्छ । हामीले पार्टीलाई नयाँ ढंगले अगाडि लैजाने, इमान्दार कम्युनिस्टलाई एकताबद्ध बनाउने संकल्प गरेका छौँ । हामीभित्र रहेका बिकारहरूको खोजी गर्नुपर्छ । सुधार्नुपर्छ,’ उनले भने ।
अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर जाने पनि बताए । ‘इमान्दार कम्युनिस्टलाई एकताबद्ध गरेर अघि बढ्नेछौँ । नयाँ आशा जागेको छ,’ उनले भने ।

