पुस २९, काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको आयोजनामा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वाद २८५९ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आउने माघ ५ गते कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा तामाङ समुदायको कला, संस्कृति र संस्कार संरक्षण तथा प्रर्वद्धनका लागि सांस्कृतिक पहिचानसहित ल्होछार कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष लाप्साङ लामाले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा तामाङ कला, संस्कृति एवम् ल्होछार सम्बन्धित अनुसन्धानरत विज्ञहरुको समेत सहभागी रहने बताउनुभयो ।
तामाङ संस्कार र त्यसको महत्वबारे विभिन्न जानकारी प्रदान गर्ने र साँस्कतिक कार्यक्रम समेत हुने भएकोले सम्पूर्ण शुभेच्छुकहरुलाई सहभागीताको लागि आह्वान गरेको छ ।

