पुस २८, काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । टोरिनोलाई क्वाटरफाइनलमा पुर्याउन एनदारी एडोपोले एक गोल गरे । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ११४ औं मिनेटमा एडोपोले गोल गर्दै टोरिनोलाई जित दिलाए । यस्तै, खेलको ७० औं मिनेटमा कोफीले रातो कार्ड पाएपछि टोरिनो १० खेलाडीमा समेटिएको थियो ।

