हेलम्बुमा चार महिनामै झोलुङ्गे पुल निर्माण

भदौ १४, हेलम्बु । हेलम्बु गाँउपालिका वडा नं १ र ६ लाई जोड्ने चालिसे चिउरीखर्क झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।

गाँउपालिका, जिल्ला सरोकार समिति, केन्द्रीय सरकार र (एस।डब्लु।ए।पि। )संस्थाको सहयोगमा ४९ लाख २० हजार रुपियाँ लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो । सो पुलको उद्घाटन समाहरोहमा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाज्ञ्ाल्जेन शेर्पाले छोटो समयमा पुल निर्माण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै समुदायको आवश्यकता अनुसारको काम गर्ने बताए।त्यस्तै हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितले पुल बनेपछि धेरै बर्ष अघिदेखिको समस्या समाधान भएकोमा खुसी व्यक्त गरे भने पुल निर्माणको अगुवाइ गरेकी पार्वती भण्डारीले आफूले सानोमा पाएको दुःख सम्झेर त्यस्तो दुःख अरु कसैले नपाऊन भनेर पुल निर्माणमा आफू खटेको बताए । उनले हेलम्बु गाँउपालिकाको सहयोग र वडा अध्यक्षको सहयोगले नै आफ्नो अगुवाइमा यो काम गर्न सकेको जिकिर गरे ।

४ महिनाको छोटो अवधिमा नै उक्त पुल निर्माण भ​ए पछि त्यस ठाउँको स्थानीयहरु खुसी हुनुका साथै अब जुनसुकै बेला पनि सजिलै खोला वारपार गर्न सकिनेमा ढुक्क भएका छन ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.