पुस २७, काठमाडौँ । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ ।
देशको संघिय राजधानी काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड तथा बृहत सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन । उनले बिरिसु मिडिया प्रा।लीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड – २०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड २०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रा.लि.ले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड– २०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन ।

