घनश्याम, भीम र वामदेवलाई फकाउँदै समाजवादी निकट नेता

पुस २४, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघका नेताहरुले नेकपा एमालेमा रुष्ट रहेका नेताहरुलाई पार्टीमा ल्याउन पहल थालेका छन् । नेकपा एमालेसँग रुष्ट रहेका नेता भीम रावललाई नेकपा एस निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले शनिबार भेट गरेका थिए ।

युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका केन्द्रीय सदस्य हस्त शाही लगायत संघका पदाधिकारीहरूले भेट गरी समग्र कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति अवस्था साथै विविध अवस्थाबारे छलफल गरेको संघका महासचिव दीपक जिएमले बताए । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्र अछाम १ बाट रावलको टिकट खोसेर झपट बोहोरालाई उम्मेदवार बनाएपछि उनी पार्टीसँग रुष्ट छन् ।

उनीहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र वामदेव गौतमसँग पनि भेटबार्ता गरेका थिए । विभिन्न पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका भुसाल, मौन रहेका गौतम र रुष्ट रहेका रावललाई पार्टीमा ल्याउन प्रयत्न गरिएको उपस्थित एक नेताले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.