बिमस्टेक सम्मेलन बिहीबारबाट सुरुः मन्त्रिपरिषदको बैठकले तय ग¥यो एजेण्ड

भदौ १३, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ( बिमस्टेक) सम्मेलन बिहीबारबाट सुरु हुँदैछ ।

सम्मेलनका लागि राष्ट्रप्रमुखहरु नेपाल आउन थालिसकेका छन् । बिमस्टेकलाई आर्थिक समाजिक हितका क्षेत्रमा केन्द्रित गराउने विषयबस्तुमा छलफल हरु केन्द्रित रहेर मन्त्रीस्तरीय बैठकले एजेण्डा पनि बुधवार तय गरेको छ । मन्त्रीस्तरीय बैठकले विद्युतीय ग्रिडको अन्तरआवद्दताबारे शिखर सम्मेलनमा हुने संझौतापत्रमा हस्ताक्षर गर्ने एजेण्डा र त्यसको मस्यौदा लाई स्वीकृत गरेको छ।

त्यस्तै बिमस्टेकका सबै सहयोगका क्षेत्रबारे समिक्षा गर्दै संगठनलाई अझ परिणाममूखी र प्रभाकारी बनाउने सहमति पनि भएको जनाइएको छ । प्रराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतमा सम्पन्न बैठकले हिजो सम्पन्न परराष्ट्र सचिव स्तरीय बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्दै भोलिदेखि सुरुहुने शिखर सम्मेलनका एजेन्डालाई मूर्तरुप दिएको हो।

के बिमस्टेक ?
यससमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । विम्सटेकको स्थापना ६ जुन, १९९७ मा भएको थियो । यसको मूख्य कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । सदस्य राष्ट्र हरुको बीचमा प्राविधिक एवम् आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिम्सटेकका सदस्य राष्ट्रहरुबीच विशेषगरी व्यापार, प्रविधि, उर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धीत सहयोग आदानप्रदान हुने गरेको थियो । सन् २००८ मा यस सहयोग क्षेत्रमा कृषि, जनस्वास्थ्य, गरिबी उन्मुलन, अतंकवादको सामना, पर्यावरण, संस्कृति, जलवायु परिवर्तन र सम्पर्क विस्तार गरी आठ वटा विषय थप गरिएको छ ।

विगत चार वर्षदेखि विम्सटेकको अध्यक्षता नेपालले गर्दै आएको छ । नेपालले विम्सटेकमा गरिबी निवारणसम्बनी विषय हेर्ने गर्दछ । अध्यक्ष मुलुकले सम्मेलन आयोजना गर्ने नीतिअनुरुप यसपटकको विम्सटेक सम्मेलन नेपालमा हुँदैछ ।

नेपालमा हुन लागेको यो सम्मेलन बिम्सटेकको चौथो सम्मेलन हो । बिम्सटेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ४ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.