बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

पुस २१, हेटौंडा। बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ । आह्वान अनुसार पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि दलहरुदे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुपर्ने छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ ।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) पार्टीका सात, नेपाल मर्जदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.