भदौ १२, वीरगञ्ज । हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ ।
भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।