पोल्याण्ड पठाईदिन्छौं भन्दै काठमाडौंमा युक्रेनी नागरिकको ठगी धन्दा

भदौ १२, काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित एक घर भाडामा लिएर युक्रेन स्थायी घर  भएका दुई विदेशीहरुले ‘पोल्याण्ड पठाईदिन्छौं’ भन्दै करिब १ दर्जन नेपालीहरुलाई ठगी गरेको पाईएको छ ।

वैदेिशक रोजगारीका लागी ‘पोल्याण्ड पठाईदिन्छौं’ भन्दै यसरी ठगी गर्ने कार्यमा संलग्न युक्रेनी नागरीक बिटाली बिल्या र नाटालिया मेलन्याचुक लाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उदयरपुरको बलगर बस्ने २६ बर्षीय बुद्धिराज विष्ट समेतका ९ जनाको जाहेरीले विदेशीहरुलाई नियन्त्रणमा लिईएको महाशाखाले जनाएको छ ।

पुतलीसड्कमा घाडामा लिएको घरमा ‘पिपुल वर्क ग्रुप’ नामको कार्यालय खोलेर सोही कार्यालयबाट सामाजिक सञ्जाल (फेसबुक तथा भाईबर) को प्रयोग गर्दै उनीहरुले सजिलै पोल्याण्ड जान सकिने र मासिक १ लाखसम्म कमाई हुने भन्दै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२०१८ अप्रिल २६ मा पर्यटक भिसामा नेपाल आएका उनिहरुले झुटा प्रचार गरी प्रलोनभन देखाएर पिडीतहरुलाई सम्पर्कमा ल्याई आवश्यक कागजात र प्रोसेसिङ चार्जको नाममा लाखौं असुल गरेको अपराध महाशाखाले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत हालसम्म ६ सय जनालाई सम्पर्कमा ल्याएर रकम असुल्ने प्रक्रियामा रहेका निजहरु पक्राउ परेसँगै ठुलो संख्यामा नेपाली नागरीक ठगिनबाट जोगिएका छन ।

मुलुकी ऐन ठगीको महल अनुसार झुक्याई, विश्वासमा पारी गठी गरेको कसुरको मात्रा हेरी बिगो भराई बिगो बमोजिमको जरिवाना र पाँच बर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । प्रहरीले उनीहरुको कार्यालयबाट १० थान ल्यापटप सहितका विभिन्न सामग्रिहरु बरामद गरेको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.