सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

पुस १४, काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–९ बस्ने २५ वर्षीय सुमन त्योछिन छन् । सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्बिरमा पीडितको टाउको जोडी पीडित लगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्बिर पठाई पीडितलाई मानसिक तनाव दिदैँ आइरहेका थिए ।

उनलाई साइबर व्यूरोबाट खटिएको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.