भदौ १२, काठमाडौँ। एशिया कप क्वालिफायर भोलि देखि मलेसियामा सुरु हुदै छ। भदौ १३ देखि २१ सम्म मलेसियाको क्वालालाम्पुरमा हुने यस क्वालिफायरमा भाग लिन सहभागी ६ दश कै राष्ट्रिय क्रिकेट टिम मलेसिया पुगिसकेका छन्। एशिया कपको क्वालिफायरमा एकदिवसीय मान्या पाएका नेपाल, युएईसहित हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले एशिया कप क्वालिफायरमा भाग लिन जानु अघि श्रीलंकामा तीन अभ्यास खेल खेलेर अहिले मलेसिया मुगेको छ। श्रीलंकामा नेपालले ब्लुमफिल्ड क्लब, आर्मी क्लब र कोल्ट्स क्लबसँग खेलेका अभ्यास खेलमा जित हासिल गर्दै उच्च मनोबलका साथ मलेसिया पुगेको छ।
नेपालले आफ्नो पहिलो खेल बुधबार ओमनसँग खेल्ने छ भने युएईसँग विहिबार खेल्ने छ। त्यस्तै शनिबार आयोजक मलेसियासँग र आइतबार नेपालले सिंगापुरसँग खेल्ने छ भने मंगलबार नेपालले हङकङसँग खेल्ने छ । दुई शिर्ष टिमबीचको फाइनल खेल भदौ २१ गते विहिबार हुने छ।
खेल तालिका ः
अगष्ट २९ (भदौ १३ गते) ः मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर
अगष्ट ३० (भदौ १४ गते) ः युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) ः ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) ः हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर
सेप्टेम्बर ४ (भदौ १९ गते) ः मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) ः फाइनल
एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन । छनौट हुने देशले भदौ ३१ मा पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।
एशिया कप खेल्ने नेपाली टिम ः
एशिया कप क्वालिफायरमा नेपाली टिममा सागर पुनले कम ब्याक गरेका छन्। सागरले श्रीलंकामा खेलेको अभ्यास खेलमा राम्रो फर्ममा रहेको देखाएका छन्। त्यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पनि श्रीलंकामा अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका छन । दिपेन्द्रले उत्कृष्ट शतक पनि हाने भने आरिफले पहिलो अभ्यास खेलमा नेपाललाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। आरिफले पहिलो खेलमा ८९ रन बनाएका थिए। त्यस्तै नेपालका लागि रोहित पौडेलको फर्म चिन्ताको विषय बनेको देखिएको छ। उनको क्षमतामा कुनै शंका नरहे पनि पछिल्लो समय उनले खासै रन बनाउन सकेका छैनन्। नेपालका लागि कप्तान पारस खड्काको भूमिका नै टिममा महत्वपूर्ण रहेको छ। उनले प्रदर्शन गरेको खेलमा नेपालको जित सुनिस्चित हुने गरेको छ। अन्तिम अभ्यास खेलमा पनि ५८ रनको पारी खेलेर नेपालको जितको आधार बनाएका पारसले बलिङमा पनि राम्रो योगदान गर्दै आएका छन्।
बलिङतर्फ नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यारबीयन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेर मलेसिया पुगेका छन्। सन्दीपले सिपिएलमा खेलेका ५ खेलमा ७ विकेट लिएका थिए। त्यस्तै नेपालका लागि सोमपाल कामी र करण केसीको जोडी क्वालिफायरमा पनि निर्णायक हुने देखिन्छ । बसन्त रेग्मी र दिपेन्द्रसिंह ऐरीले मिडल ओभरमा गर्ने किफायती बलिङले नेपाली टिमलाई जित नजिक पुरयाउने गरेको छ ।
१५ सदस्यीय नेपाली टिमः
पारस खड्का ( कप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल (उपकप्तान), करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद अरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुबाश खकुरेल, बिनोद भण्डारी र सागर पुन ।