भदौ १२, मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं ४ को ७४ किलोबाट चोरीको दुइटा मोटरसाइकल सहित २ जना पक्राउ परेका छन ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले काठमाडौं ठमेलबाट चोरि ल्याएको बा ९८ प ५८५६ नंबरको २२० सिसिको कालो निलो पल्सर र बा ८७ प ३६१९ नंम्बरको २२० सिसिको निलो पल्सर प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको मोटरसाइकल र २ जनालाइ थप अनुसन्धानका लागि महानगरिय प्रहरि वृत्त लैनचौर सोह््रखुट्टे काठमाडौमा पठाइएको छ ।
जिल्लामा यस्ता चोरिको मोटरसाइकल अरु पनि हुन सक्ने भन्दै सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जानकारी दिएको छ ।