क्याम्पसका विद्यार्थी नेताबीच झडप हुँदा खुकुरी प्रहार, दुईजना घाइते

पुस १३, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा बुधबार बिहान खुकुरी प्रहार भएको छ । विद्यार्थी संगठनका नेताबीच झडप हुँदा खुकुरी प्रहार भएको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । “दुईजना घाइते भएका छन् । भलिबल खेल्दा दुई पक्षबीच झडप भएको बुझिन आएको छ । केहीलाई नियन्त्रणमा लिएका छौँ,” एसपी मैनालीले भने । उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.