भदौ १२ , काठमाडौं । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन ।
सोमबार साँझ सम्पन्न स्पर्धामा कुमालले ८ सय मिटर दौडमा १ मिनेट ५० दशमलव २५ सेकेण्डको टाइमिङ निकाल्दै २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन ।
यद्यपी उनी हिट चरणबाट माथि जान भने सकेनन । उनी हिट थ्रीको चौथो स्थानमा रहे भने समग्रमा १३औं स्थान बनाए । यसअघि सन १९९५ को मद्रास साग गेम्समा धनीराम चौधरीले बनाएको १ मिनेट ५०।६० सेकेण्डको कीर्तिमान तोड्दै कुमालले नयाँ कीर्तिमान बनाएका हुन ।