एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकारलाई

पुस १२, काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनालेमा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३ लाख रूपैयाँ नगद प्रदान गरेको थियो ।

कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास बैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो ।

एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ पाएकी थिइन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.