भदौ १२, कन्चनपुर । गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घटनासम्बन्धी अनुसन्धान तथा प्रदर्शनका क्रममा भएको मानव अधिकारको उलंघन भए नभएको सम्बन्धमा मानव अधिकार परिषद नेपाल का अध्यक्ष तुलषी थापाले स्थलगत अनुगमन गर्नुभएको छ ।
थापाले घटनास्थल, पिडित पक्ष, घाइते तथा सहिदहरुका घर घरमा गई भेटवार्ता गर्नुभएको हो । उहाँले पीडितलाई न्याय दिलाउन र मानव अधिकारको सुरक्षा गर्न आफु तथा परिषद सधैँ अग्र भूमिका खेल्ने भन्दै पिडितहरुलाई आश्वासन दिनुभएको छ ।
आन्दोलनका क्रममा घाइते भएका स्थानीय मञ्जु गिरीको उपचारमा समस्या भएको जानकारी पाएपछि अध्यक्ष थापाले राज्यले उपचार गर्नुपर्ने र सहज रुपमा उपचारको वातावरण मिलाइदिन स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अनुगमनका क्रममा पिडित निर्मला पन्तका बुवा यज्ञराज पन्तले सबै घटनाक्रमहरु नियोजित भएको र अहिले सम्म कुनै मानव अधिकारवादीहरु आफ्नो घरमा नआएको गुनासो गर्दै परिषदका अध्यक्ष साेमबार भेट्न आउनुभएकोले हर्षित भएको र अब न्याय पाउन सहज हुने मा विश्वस्त रहेको बताउनुभयो ।
यस्तै आन्दोलनका क्रममा न्यमा गुमाएका सहिद शनि खुनाका बुवा आमाले समेत राज्यले कान्छो छोराको अध्ययन को जिम्मेवारी लिनुपर्ने र शहिद भएका शनि खुनाको सोही स्थानमा शलिक बनाइनु पर्ने भन्दै परिषदका अध्यक्ष तुलसी थापा मार्फत सरकार समक्ष आफ्नो कुरा पुर्याइदिन हुन अनुरोध गर्नुभयो । शनि खुनाका बुवा भीमदत्त नगरपालिकामा सरसफाईको काम गर्नु हुन्छ भने आमा मन्टेश्वरी विद्यालयमा कार्यरत हुनुहुन्छ ।
यस्तै आन्दोलनमा प्रहरीको कुटपिट बाट घाइते भएकी मुञ्जु गिरी आफुलाई उपचार गर्न समस्या भएको र अस्पतालमा कर्फूका कारण असहज भएकोले घरमै आराम गरिरहेको बाउनुभयो । आफुले राम्रो उपचार पाउन नसकेको र निकै समस्या परेको भन्दै अध्यक्ष थापा सँग उपचारको ब्यवस्था मिलाइदिनहुन अनुरोध गर्नुभयो ।
अनुगमन टोलीले जिल्ला प्रमुख अधिकारी सँग अनुसन्धानको अवस्थामा बारेमा समेत जानकारी लिएको छ । प्रजिअ ले अनुसन्धानको जिम्मेवारी प्रहरीको भएको र प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उनले पिडितलाई न्याय दिलाउन अनुसन्धानका कुनै कमि कसर नराख्ने समेत जानकारी गराउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कडायत ले अनुसन्धान जारी रहेको र शंकास्पद ब्यक्तिहरुलाई सोधपुछ भइरहेको बताउनुभयो । उनले अनुसन्धान प्रारम्भिक चरणबाट सुरु भएको र पुराना अनुसन्धानका विवरणहरुलाई समेत अध्ययन गरेर अगाडी बढिरहेको बताउनुभयो ।
उता जिल्ला प्रशासन कार्यालयले महेन्द्रनगरमा लाग्दै आएको कर्फूलाई साँझ ६ बजे सम्मका लागि खुला गरेको छ । भने तयसपछि कर्फु लगाउन अथवा नलागाउने भन्नै सुरक्षा समितिको अर्को वैठकले निर्णग गर्ने बताइएको छ ।