खेलाउने बहानामा आमाको काखबाटै अपहरित शिशुको हत्या !

भदौ १२, महोत्तरी ।खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हतया भएको छ ।

औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए ।

भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमुति सोमबार दिउँसो शिशुको शव भेटिएको थियो ।

हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.