काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

पुस ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट एक हप्ता फोहोर व्यवस्थापनको काम प्रभावित हुने जनाएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता रोकिने जानकारी दिएको हो ।यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेको छ ।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न महानगरले अपिल गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.