पुस ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा २२ दिन हिउँदे बिदा दिने भएको छ ।
बिहीबार सूचना जारी गर्दै क्याम्पसहरूले आफ्नो अनुकूलता हेरेर यही पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिन सक्ने जनाइएको छ । त्रिविले मानविकी, शिक्षा, व्यवस्थापन तथा विज्ञान संकायको स्नातकोत्तर तहमा भर्नाका लागि गएको मंसिर ५ गतेदेखि आवेदन खुला गरेको छ । आउँदो माघ २२ देखि यी संकायको कक्षा सञ्चालन हुने जनाइएको छ ।
तर, त्रिविले पछिल्लोपटक लिएको स्नातक तहको परीक्षाको नतिजा सार्वजनिक गरिएको छैन । १५ महिनाअघि लिएको परीक्षाको नतिजा हालसम्म सार्वजनिक नगरिएको हो ।


