मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा

हरियो सागपात
मुटुका लागि हरियो सागपात अत्यन्त उपयोगी हुन्छ। रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ। यस्ता सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर अत्यन्त धेरै हुन्छ। त्यस्तै, फोलिक एसिड, म्याग्नेसियम, क्याल्सियम, पोटासियम पनि हुने भएकाले मुटुलाई स्वस्थ राख्न सागपात धेरै खानुपर्छ। दैनिक सागपात खानाले मुटुको समस्या हुने सम्भावना ११ प्रतिशतले घट्छ।

गहुँ, जौ र दाल

गहुँबाट बन्ने खानाका परिकार तथा जौबाट बनाइने ‘ओट्स’ मुटुका लागि अत्यन्त स्वास्थ्यवद्र्धक हुन्छ। यस्ता खानेकुरा खानाले शरीरमा भएको एलडिएल ९खराब कोलेस्ट्रोल० हट्छ। ब्रेकफास्टमा यस्ता खानेकुरा खाँदा मुटुका समस्याबाट बच्न सकिन्छ। त्यस्तै कोदो, मासको दाललगायतका खानेकुराले पनि ब्लड प्रेसर घटाउन सहयोग गर्छ।

सोयाबिन

रातो मासुको सट्टा सोयाबिनको सेवन बढी गर्नाले हाम्रो शरीरले धेरै फाइदा पाउँछ। सोयाबिन विभिन्न तरिकामा अहिले बजारमा सहजै पाइन्छन्। शरीरको बोसो पगाल्न पनि यसले सहयोग गर्छ।

ओलिभको तेल

मुटु स्वस्थ राख्न ओलिभको तेलले पनि सहयोग गर्छ। शरीरबाट एलडिएल हटाउन यसले ठूलो भूमिका खेल्छ। ‘मनोअनस्याचुरेटेड’ बोसो हुने भएकाले मुटुलाई ओलिभको तेलले स्वस्थ राख्न सहयोग गर्छ।

गोलभेँडा

गोलभेँडा भिटामिनको अत्यन्त राम्रो स्रोत हो र यसले रगतलाई शुद्ध बनाउने काम गर्छ। गोलभेँडाको नियमित सेवनले मुटु समस्याको जोखिमलाई घटाउँछ। गोलभेँडामा हुने भिटामिन ‘के’का कारण ‘हेमोरेज’ हुने सम्भावना पनि अत्यन्त कम हुन्छ। गोलभेँडा काँचै तथा पकाएर जसरी पनि खान सकिन्छ।

स्याउ

स्याउ दैनिक एउटा स्याउ खानाले चिकित्सककहाँ जानुपर्दैन भन्ने त भनाइ नै छ। मुटुको स्वास्थ्यका लागि पनि त्यति नै आवश्यक छ। रगत जम्नबाट रोक्ने भएकाले दैनिक स्याउ खानाले धेरै फाइदा पुग्छ। स्याउ जुनसुकै समयमा खाँदा पनि मुटुका लागि राम्रो हुन्छ।

एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.