जनैपूणिर्मामा सातधारामा बृहत मेला

सुजन पाख्रीन

भदौ ११, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत पाल्चोक र किउलको सिमानामा रहेको सातधारामा जनैपूणिर्माको दिनमा बृहत मेला लाग्ने गरेको छ ।

 

हरेक बर्ष जनैपूणिर्माको दिन मे ला लाग्ने उक्त ठाउँमा विभिन्न ठाउँको मानिसहरु झाक्री सहित सातधाराको दर्शन गर्न आउने गरेको छ । त्यस ठाउँको दर्शन पछि मनमा शान्त मिल्ने र चोखो मनले मागेको चिज पाउने धर्मिक बिश्वास रहेको छ । चट्टानको पहराको बीच सात ठाउँबाट जाल अर्थात पानीको धारा आउने उक्त स्थानमा विभिन्न धार्मिक स्थलको पबित्र जल आउने गरेको बिश्वास रहेको छ । परापुर्वकालमा भगवानको बास रहेको र उक्त ठाँउमा भगवानको पबित्र जल आउने र उक्त जल पिए पछि शरीरको रोग कम्जोर हुने र मनमा शान्ति मिल्ने गरेको भनाइ छ ।

धार्मिक आस्था बोकेको उक्त स्थानमा जनैपूणिर्माको दिनमा सात वटा ठाउँबाट जाल आउने र बिस्तारै सुक्दै जाने र पछी एक मुल धाराबाट मात्र जल आउने गरेको भनाइ छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.