च्वास्स झोल मःमः को आफ्नै पार्टी प्यालेस र रेष्टुरेण्ड

पुस ४, काठमाडौँ । च्वास्स झोल मःमःले आफ्नै पार्टी प्यालेस तथा रेसटुरेण्ड सञ्चालनमा ल्याएको छ । सबैको सार्वधिक रुचि र स्वादका साथ लिएको झोल मःमः ले विभिन्न स्थानमा शाखा सञ्चालन गर्दै आएको छ ।

तस्बीरः युरेशन÷प्रारम्भ खबर

 

त्यस्तै काठमाडौँको बोडे स्थित निलबाराहीमा छिटो छरितो पार्टी प्यालेस तथा च्वास्स झोल मःमः रेस्टुरेण्ड सञ्चालनमा ल्याएको सञ्चालक नवराज ढकालले जानकारी दिए । शनिवार एक विशेष कार्यक्रमका साथ उद्घाटन गरेको उक्त पार्टी प्यालेस तथा रेष्टुरेण्डमा हजारौँ ग्राहक तथा आगुन्तक आएको बताए । निकै संघर्षपछि आफ्नो व्यवसायलाई विस्तार गर्न पाउँदा खुशी व्यक्त गर्दै सञ्चालक ढकालले सयौँ युवाहरुलाई रोजगारी प्रदान गर्न सफल भएको बताए ।

वैदेशिक रोजगारबाट फर्किएपछि स्वादेशमै केही गरौँ भन्ने अभिलाशाका साथ सुरु गरेको व्यवसायले सकारात्मक उपलब्धी हासिल गर्दै गएको बताए । सबै परिकार बोसोरहित र स्वस्थवाद्र्धक भएको कारण ग्राहकहरुको रुचिमा पर्न सफल भएको उनी बताउँछन् । आफ्नै मःमः मसल लगायत सबै आवश्यक सामग्री आफ्नै किचेनबाट उत्पादन गर्ने भएकोले ग्राहकको अपेक्षानुसार व्यवसायलाई अगाडी बढाउन सहयोग प्ुगेको बताए ।

बोडेमा सञ्चालनमा आएको उक्त पार्टी प्याले उद्घाटनमा विशिष्ट व्यक्ति तथा कलाकार, पत्रकारहरुको समेत सहभागी रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.