चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

पुस १, काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका देखिन्छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरेका छन् । चलचित्रमा नर्सको जीवनमा भएका उत्तारचढाव समेटिएको आर्यनले बताए । कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले चलचित्र राम्रो बनेको बताए । चलचित्रलाई प्रवीण झाले निर्देशन गरेका छन् । पुस १५ गते रिलिज हुने चलचित्रमा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरि पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणालगायत कलाकारको अभिनय छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.