भाद्र ११, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकालाई खेलकुदको माध्यमबाट विश्वमा चिनाउने उद्देश्य अनुरुप पाँचपोखरी हाफ म्याराथुन सिन्धुपाल्चोकको पाँचपोखरीमा भदौ १० गते प्रतियोगिताको आयोजना गरिएको हो । दौड पाँचपोखरी मन्दिरबाट सुरु भई मानेखर्कको रैथानेमा आइपुगी समापन गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ जुम्लाका धिरज बुढा पहिलो भए उनले निर्धारित २४ किलोमिटर दूरी २ घण्टा ९ मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए । ओखलढुङगाका सुवास कार्कीले २ घण्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र सोलुका सुमन कुलुङ राईले २ घण्टा २५ मिनेट ४ सेकेन्डमा दौड पूरा गरि तेस्रो भएको छ ।
महिलातर्फ प्युठानकी भूमि बुढा मगर पहिलोभए उनले ३ घण्टा ७ मिनेट ५८ सेकेन्डमा दौड पुरा गर्दै पहिलो भए । त्यस्तै सिन्धुपाल्चोक थकनी घर भई तेर्से मावि, तालामाराङमा ९ कक्षामा अध्ययनरत प्रिया तामाङले ३ घण्टा १३ मिनेट २६ सेकेन्ड दौड पुरा गर्दै दोस्रो हुन सफल रहयो भने धादिङकी रसिला तामाङले ३ घण्टा १३ मिनेट ४६ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भए । पुरुष र महिला दुबैतर्फ पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार , ३० हजार र २० हजार नगदको साथै सिल्डमेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
आयोजकले सिन्धुपाल्चोकतर्फ छुट्दै मूल्यांकन गरी पुरस्कृत गरिएको थियो । जसअनुसा पुरुषतर्फबाट जुगल गाउँपालिकाका मानबहादुुर तामाङ पहिलो, भोताङका फुर्बासिह तामाङ दोस्रो र भोताङकै जितबहादुर तामाङ तेस्रो भए । महिला तर्फ थकनीकी प्रिया तामाङ पहिलो, भोताङकी ल्हाबुटि लामा दोस्रो र भोताकी खेन्डो लामा तेस्रो हुन सफल भए । पहिलो, दोस्रो र तेस्रो हुनेलाइ क्रमशः १० हजार ७ हजार र ५ हजार प्रदान गरिएको छ ।
हाफ म्याराथनमा ४ बिदेशिसहित १०९ जना खेलाडीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।