जर्मन बुण्डेसलिगाः बार्यन म्युनिखले हफेनहेमलाई ३-१ गोलले हरायो

भदौ ९, काठमाडौं । जर्मन फुटबल लिग बुण्डेसलिगाको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ ।

पहिलो खेलमा बार्यन म्युनिखले नाटकीय खेलमा हफेनहेमलाई ३–१ गोलले पराजित गरेको छ । यसै सिजन अनुबन्ध भएका बार्यनका प्रशिक्षक निको कोभाकको यो पहिलो लिग खेल हो ।

खेलको २३औं मिनेटमा थोमस मुलरले गोल गरी बार्यनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्यनले दोस्रो हाफको सुरुमै गोल खान पुज्ञ्ो । हफेनहेमका लागि अडम जालाइले गोल गरेका थिए ।

तर, खेलको अन्त्यतिर बार्यनले पेनाल्टी पायो । ८२औं मिनेटमा पाएको पेनाल्टीमा रोवर्ट लेवाण्डोस्कीले गोल गरी अग्रता २–१ को अवस्थामा पु¥याए । खेलको अन्तिम मिनेटमा आर्जेन रोवेनले बार्यनका लागि निर्णायक गोल गरे ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.