भदौ एकबाट सञ्चालनमा आएको कलंकी अन्डरपास सडकखण्ड पुनः बन्द

भदौ ९, काठमाडौं । भदौ एकबाट सञ्चालनमा आएको कलंकी अन्डरपास सडकखण्ड पुनः बन्द भएको छ ।

आठ सय मिटर लम्वाई रहेको कलंकी अण्डरपास सम्वन्धित निकायबीच समन्वय हुन नसक्दा सञ्चालन नभएको हो । अझै अन्डरपास पूर्ण रुपमा नबनेका कारण सञ्चालन हुन नसकेको बताइएको छ । अण्डरपास सडकमा अन्तिम पिचको काम, रङरोगन र बत्ति जडान बाँकी छ ।

चक्रपथ सुधार परियोजना अन्तर्गत बनेको अन्डरपासलाई कालीमाटीतर्फबाट थानकोटतिर जाने सडक समानान्तर उचाइमा निर्माण गरिएको छ ।

अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको छ भने बाहिर दाँया र बाँया समेत २।२ लेनको सडक छ । तर बाहिरको दुई लेन सडकलाई वानवे बनाउने तयारी काठमाडौं ट्राफिक महाशाखाको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.