मङ्सिर २५, बैतडी । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ ।
ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताका विजेताले रु। एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु। ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए । “खेलाडी उत्पादन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता आयोजना गर्दैआएका छौँ”, उनले भने ।

