दयाराम परियार स्मृति मानवअधिकार पुरस्कारबाट डा. दास पुरस्कृत

मङ्सिर २५, काठमाडौं । यो वर्षको दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार मानवअधिकारकर्मी डा. गौरीशंकर लाल दासलाई प्रदान गरिएको छ ।

शनिबार राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । हरेक वर्ष आयोगले मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.