भदौ ९, वि.सं. २०७५ साल शनिबार। इश्वी सन २०१८ अगस्ट २५ तारिख। शकसंवत १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत ११३८ । श्रावण शुक्लपक्ष। तिथि– चतुर्दशी, १४ः२७ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– श्रवण, १०ः२१ बजेउप्रान्त धनिष्ठा। योग– शोभन, २१ः३६ बजेउप्रान्त अतिगण्ड। करण– वणिज, १४ः२७ बजेदेखि भद्रा, २७ः२४ बजेउप्रान्त वव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मकर, २३ः३७ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५ः३९ बजे, सूर्यास्त– १८ः३१ बजे र दिनमान ३२ घडी ०८ पला। श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। हयग्रीवोत्पत्ति। पूर्णिमा व्रत। धनिष्ठा पञ्चक सुरु ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पछि लाभ हुने कामको थालनी गर्न सकिनेछ भने शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्त सँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमती बिचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनी सँग मनमुटाव बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने जीवन साथी सँग ठाकठुक पर्नेछ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा समय खर्चिनेहरूका लागि समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशिलताले पक्ष पहिल्याऊ सहज हुनेछ । महँगा तथा विलासी बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउँने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुने सुनुवाइ तपाईकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाई लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तै स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोराछोरी सँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पराक्रम बढेर जानेछ भने उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागिर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन । पढाई लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुनदा मन खुसी रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन । पढाई लेखाई तथा प्रतिस्पर्धीमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय फलदायि रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन । लेनदेनको विवादले आम्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुख पाइनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि वा विदेशी सामानको व्यापार गर्नेहरूका लागि समय राम्रो रहेको छ । शरीरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलासी बस्तु हराउन सक्छ ख्याल गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
तपाईँको दिन शुभ रहोस !
ज्योतिषी गणेश काफ्ले