स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

मङ्सिर २५, काठमाडौं । कीर्तिपुरमा स्कुलबसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

आज बिहान बल्खुबाट चोभारतर्फ गइरहेको मोडर्न इन्डियन स्कुलको ना१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उपचारका क्रममा बयोधा अस्पतालमा उनको मृत्यु भएको बताए ।

“मृतक रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । उनले चलाएको वाग्मती एएए २९०८ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको हो,” उनले भने । बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.