मङ्सिर २५, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आज ९आइतबार० बाट सुरु गर्ने भएको छ।
यदि क्लष्टर नमिलेको भए सच्याएर फेरी पेश गर्न दलहरुलाई आइतबार नै पत्राचार गर्ने आयोगले जनाएको हो । निर्वाचन आयोगमा राजनीतिक दलहरुले समानुपातिक सांसदहरुको सूची शनिबार बुझाएका थिए । तर दलहरुले समानुपातिक सांसदहरुको बुझाएको सूची सच्याउन निर्वाचन आयोगले दुई दिनको समय समेत दिएको हो। समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबारसम्म समय दिएको छ।
आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ति नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछन्।

