काठमाडौंमा आज अत्यधिक जामः ‘सर्भिस लेन’बाट सवारी पास गर्दै ट्राफिक

मङ्सिर २३, काठमाडौं । काठमाडौंमा शुक्रबार (आज) अत्यधिक सवारी जाम भएको छ । विशेष गरी कोटेश्वर–बल्खु रुट र ‘कोर एरिया’मा ट्राफिक जाम भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी डीआईजी मीरा चौधरीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दीक्षान्त समारोह हुने भएकाले ‘कोर सिटी’मा अत्यधिक जाम भएको बताइन् । दीक्षान्त समारोहमा करिब १० हजारजना सहभागी हुने भएकाले कोर सिटीमा अत्यधिक जाम भएको उनको भनाइ छ । अझै केही समय जाम रहने र त्यसपछि सहजीकरण हुँदै जाने ट्राफिकले जनाएको छ ।

यस्तै, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण भइरहेकाले कोटेश्वर–बल्खु रुटमा जाम भएको डीआइजी चौधरीले बताइन् । उनका अनुसार फ्लाइओभर १४ महिनाभित्र निर्माण पूरा हुनेछ । सवारीसाधनको सहजीकरणका लागि ठूलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ । ‘सर्भिस लेन’बाट सवारी पास भइरहेको उनले बताइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.