टुँडिखेलमा चार वटा फुटबल मैदान बनाउने तयारी

भदौ ८, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अग्रसरतामा टुँडिखेलमा चार वटा फुटबल मैदान बनाउने तयारी गरिएको छ । एन्फाले आफ्नो फेसबुक पेजमा फोटो सेयर गर्दै ‘ए’ डिभिजन क्लबको अभ्यास गर्न मिल्ने गरि चार फुटबल मैदान बनाउने काम अघि बढेको बताएको छ ।

आजैदखि मैदानको तयारी स्वरुप पहिलो चरण अन्तर्गत टुँडिखेलको घाँस काट्ने काम सुरु गरिएको छ । एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पा सहितको टोली टुडिखेल पुगेको थियो । एन्फाले महानगरको स्विकृती र नेपाली सेनाको सहयोगमा उक्त काम अगाडि बढाएको हो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.