कञ्चनपुर सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू जारी

भदौ ८, कञ्चनपुर । गोलीकाण्डपछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।

यसअघि बिहीबार पनि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको हो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.