पत्रकार एलनमाथी आक्रमण गर्नेलाई कारवाही गर्न प्रेस संगठनको माग

मङ्सिर १९, काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव तथा सक्रिय पत्रकार रामकुमार एलनमाथि हातपात भएकोप्रति समाजवादी प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै एलनमाथी हातपात भएको भन्दै समाजवादी प्रेस संगठनले सोमबार बिहान विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना सहित घटनामा संलग्न र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकारसमेतको पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ ।

पत्रकार एलनमाथि आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण भएको थियो । समाजवादी प्रेस संगठनका महासचिव भुपेन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०ः २२ जनाको जत्थाले गएराति उहाँमाथि आक्रमण भएको हो । पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.