दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

मंसिर १८, काठमाडौँ । दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

सो टोली प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरल्याइन्स मार्फत् काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा शान्ति स्थापना कार्यमा खटिरहेका छन् ।

साथै, उक्त मिशनमा तैनाथ श्री चन्दननाथ गण आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा मंसिर १७ गते सोही विमानबाट स्वदेश फर्केका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.