संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ – मन्त्री पौडेल

मङ्सिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताउनुभएको छ ।

बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उहाँले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताउनुभयो । यसअघि गर्न नसकेका कामहरु पनि छन्, उहाँले भन्नुभयो– “पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गछौं ।” संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताउनुभयो ।

“प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,” उहाँले भन्नुभयो, “गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।” चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिनुभयो । ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने बताउनुभयो ।
“जनताका आवश्यकता धैरै छन्, उहाँले भन्नुभयो, जनताका चाहानाअनुसार विकाश गछौ । ”

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.