‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत

भदौ ८, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘भुक्तानी तथा फट्र्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १० गते आइतबार १३ बजे बस्नेछ । रासस

Satkar Media House
Leave A Reply

Your email address will not be published.