मङ्सिर १५, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–८ मा पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईजना घाइते भएका छन् ।
मोटरसाइकल चालक बर्दियाकै गेरुवा गाउँपालिका–६ का २५ वर्षीय आशिष शाही र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ का १९ वर्षीय युवराज सिंह ठकुरी घाइते भएका हुन् । घाइते दुवैको नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये ठकुरीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भे३प ४०९० नम्बरको मोटरसाइकल गए राति करिब पौने ११ बजे पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।

